काठमाडाैं– डा अञ्जान शाक्य इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम उनलाइ अाइतबार राजदूतमा नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा २८२ को उपाधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा डा शाक्यलाई राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । मन्त्रिपरिषद्को सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले…