काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका उपमन्त्री वाङ वाजुनले अाइतबार भेटघाट गरेका छन्। भेटका क्रममा प्रधानमनत्ती ओलीले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने बताए। 'हामी एक चीन नीतिका पक्षमा छौं । यो हाम्रो स्थायी नीति हो । यस नीतिलाई हामी आघात पर्न दिँदैनौ,' प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग भएको ट्रान्सपोट र…