काठमाण्डु - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने बताइका छन् । बिहीबार बिहान माओवादी केन्द्रको प्रवास समन्वय समितिका टोलीसँगको भेटवार्तामा गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि सरकारले नछाड्ने बताएका हुन् । ‘नक्कली शरणार्थी प्रकरण मात्रै होइन भ्रष्टाचारको जालो देशमा भयानक…