चितवनमा गठबन्धनबाट बाहिरियो जसपा

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) चितवनको पाँच दलीय गठबन्धनबाट बाहिरिएको छ । गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावनाविपरीत कांग्रेस, माओवादी र एकीकृत समाजवादीले कार्य गरेको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो । जसपा भरतपुरका अध्यक्ष अनुज जोशीले गठबन्धनमा रहेका अन्य दलहरूले महत्व नदिएको भन्दै गठबन्धनबाट अलग भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । गठबन्धनको बैठकमा…