चुनाव हार्ने कांग्रेसलाई डर, एमसीसीको भ्रम चिर्न ‘बुकलेट’

काठमाण्डु – मुलुकका प्रमुख राजनीतिक दलहरु स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन् । यहि २०७९ बैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि राजनीतिक दलहरु चुनावी अभियानका लागि गाँउ गाँउ पुगेका छन् । चुनावको संघारमा कांग्रेस नेताहरू भने अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रष्टीकरण दिइरहेका छन् । १५ माघमा संघीय संसद्ले अनुमोदन गरेको एमसीसी परियोजनाबारेको भ्रम चिर्न…