काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा पराजित भएपछि कमल थापाले एउटा पुरानो गीत सम्झिएका छन् । थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत पुरानो गित सम्झिएको बताएका हुन् । उनले राजेन्द्र थापाको गीतका केही हरफसमेत ट्वीट गरेका छन् । यो गीतलाई अरूणा लामाले गाएकी थिइन् । ‘मेरो अन्तर्मनभित्र मेरो मान्यतामाथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा…