काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ्य भएकी छन् । उनी आँखामा समस्या देखिएपछि परीक्षणका लागि बिहान सवा ९ बजे महाराजगञ्जस्थित टिचिङ अस्पताल पुगेकी हुन् । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले राष्ट्रपति आँखा जाँचका लागि अस्पताल आएको बताए ।