काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले महासचिव ईश्वर पोखरेललाई पार्टी एकताबद्ध बनाउन आग्रह गरेका छन् । बुधबार आफूलाई भेट्न नर्भिक पुगेका महासचिव पोखरेललाई पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले पार्टीलाई एकताबद्ध बनाएर लैजान आग्रह गरेका हुन् । ‘तपाईले पार्टी मिलाउनूस् कमरेड !’, नेता खनालले भने । जवाफमा महासचिव पोखरेलले स्वस्थ भएर आउन आग्रह गर्दै पार्टी…