काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि अब संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । मुख्यमन्त्री गुरुङले बिहीबार प्रदेशभामा विश्वासको मत गुमाएका पत्र प्रदेश प्रमुख सीता पौडेललाई पठाइएको छ । सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुख कार्यालयलाई पत्र पठाएका हुन् । बिहीबारको मतदानमा मुख्यमन्त्री गुरुङले…