काठमाण्डु – वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । बुधबार मुख्यमन्त्री डोरमणी पौडेलले राजिनामा दिएपछि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले संविधानको धारा १६८(१) अनुसार नयाँ मुख्यमन्त्रीमा एमाले नेतृ शाक्यलाई नियुक्त गरेका हुन् । उनले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । नवनियुक्त मुख्यमन्त्री शाक्यलाई प्रदेश प्रमुख प्रसाईंले पद तथा गोपनीयताको शपथ…