काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले आफ्नो इजलासबाट पाँच मुद्दाको सुनुवाई गरेका छन् । विवादकाबीच प्रधानन्यायाधीश राणाले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोकेका थिए । अरू न्यायाधीश भने राणाबारे धारणा बनाउन छलफलमा जुटेका बेला प्रधानन्यायाधीशले आफ्नो एकल इजलासबाट पाँच मुद्दाको फैसला सुनाएका हुन् । उनले दुइटा मुद्दामा कारण देखाउ आदेश जारी गरेका छन् भने…