काठमाण्डु – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । सोमबार बिहान राजदूत यान्छीले खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग पछिल्लो समय नेकपाभित्र चर्किएको विवादबारे चासो व्यक्त गरेको स्रोतले जानकारी दियो । जवाफमा अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवाद चाँडै हल हुने बताएका थिए । यसअघि राजदूत…