काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतले नेपाली भूमिसमेत प्रयोग गरी चीनको मानसरोबार पुग्ने बाटो निर्माण गरेपछि आपत्ति जनाएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै नेता नेपालले भारतको उक्त कार्यले दुई देश बीचमा यसअघि भएका सम्झौता र सहमतिहरुको गम्भीर उल्लंघन हुनुका साथै नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि प्रहार भएको उल्लेख गरेका छन्।…