काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु आकस्मीक बैठकमा जुटेका छन् । कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई साढे ९ करोडको विगोसहित भ्रष्टाचार मुद्दा लागेपछि बिहाबार केही कानुनविदसहित कांग्रेसका शीर्ष नेताहरू सभापतिनिवास बूढानीलकण्ठमा आकस्मिक बैठकमा जुटेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरू भेला भएर छलफल…