सभामुखका उम्मेदवार सापकोटाको मुद्दाको सुनुवाई माघ २२ मा हुने

काठमाडौं –सभामुखको सिफारिसमा परेका नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाविरूद्ध सर्वोच्च अदालतमा मुद्धाको सुनुवाई हुने भएको छ । नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल र केपी शर्मा ओली सापकोटालाई सभामुख बनाउन सहमत भएपछि नेकपाको सचिवालयले उनलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच सभामुख चयनमा मत विभाजन…