हामी कम्युनिष्ट राणा र शाह शासकहरू जस्तै बडाहाकिम भयौं : अध्यक्ष प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिस्ट बडाहाकिम जस्तै भएको बताएका छन् । बिहिबार रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाको आयोजनामा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले राणा र शाह–शासकहरू जस्तै अहिलेका कम्युनिष्ट नेताहरु पनि बडाहाकिम भएको बताउँदै आफ्नो आचरण परिवर्तन गर्नुपर्ने बताए । ‘शाहहरू, राणाहरू बडाहाकिम थिए, पञ्चायतमा पनि त्यस्तै देखियो…