सबैको अस्तित्व स्वीकार गरेर मात्रै राष्ट्रिय एकता मजबुत : प्रचण्ड

काठमाडौं—नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै सिंगो राष्ट्रको राष्ट्रिय एकता मजबुत र राष्ट्रिय स्वाधिनता सुदृढ हुने बताएका छन्। शुक्रबार काठमाडौंको वसन्तपुरमा खड्गी समाजद्वारा आयोजित एक कार्यक्रममा बोल्दै  प्रचण्डले भने, ‘एउटा जाति, एउटा भाषाले अरू जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य…