एमाले-माओवादी एकता ९ वैशाखमा, यस्तो छ तयारी

काठमाडौं - एमाले-माओवादीले वैशाख ९ गते काठमाडौंमा भव्य सभाको आयोजना गरी पार्टी एकता घोषणा गर्ने भएका छन्। बिहीबार बसेको पार्टी एकता संयोजन समिति बैठकले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको अवसर पारेर एकताको घोषणा गर्ने निर्णय गरेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए। उनका अनुसार एकता घोषणासभा भव्य बनाउन दुवै पार्टीले आन्तरिक तयारी गर्ने समझदारी…