एमाले-माओवादी एकता: प्रचण्डको अडान नेताहरुकै सल्लाहमा भएको खुलासा

काठमाडौँ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘निजी’ नभई ‘पार्टीकै धारणा’ अनुसार गम्भीर सोचविचारपछि सार्वजनिक गरेका थिए– बराबरीका आधारमा पार्टी एकता हुनुपर्ने अभिव्यक्ति । आफू निकट नेताहरूसँगको परामर्शपछि उनको यो अभिव्यक्ति आएको थियो । दाहालको यो बराबरी अर्थात् ५०/५० प्रतिशतका आधारमा पार्टी एकता हुनुपर्ने अभिव्यक्ति बहस, छलफल र दबाबका लागि थियो । ताकि यसले एमाले नेताहरूलाई सोच्न बाध्य पारोस् ।…