व्यक्तिले गरेको अपराधको भारी पार्टीले बोक्दैन, अब पार्टी शुद्धीकरण थाल्नुपर्छ : गगन थापा

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा संलग्न भएको पुष्टि भएका कांग्रेसका जोसुकैलाई पनि कारबाही हुने बताएका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यक्तिले गरेको अपराधको भारी पार्टीले नबोक्ने बताउँदै सहकारी होस् वा मान्छे बेचबिखनमा संलग्न दोषी देखिए जोसुकैलाई पनि कारबाही गर्ने बताएका हुन् । उनले भने, ‘हामी पार्टी शुद्धीकरणको…