विभाजनको पक्षमा रहेका भनिएका राज्यमन्त्री कार्की उपेन्द्रकै पक्षमा

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको पक्षमा रहेका भनिएका राज्यमन्त्री समेत रहेका दीपक कार्कीले आफू संस्थापन (उपेन्द्र यादव) पक्षमै रहेको बताएका छन् । सोमबार कार्कीका प्रमुख स्वकीय सचिव रामनारायण कापडले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा आएका समाचारको खण्डन गर्दै कार्की संस्थापन पक्षमै रहेको बताएका हुन् । ‘अत्यन्त भ्रामक जानकारी सम्प्रेषण भइरहेकोप्रति यस सचिवालयको गम्भीर ध्यानाकर्षण…