एमाले परिषद् बैठकमा २ हजार ४५४ प्रतिनिधि सहभागी हुने

काठमाण्डु – नेकपा एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ४ सय ५४ प्रतिनिधि सहभागी हुने भएका छन् । शुक्रबार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले शनिबारदेखि हुन लागेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू २००३ जना, केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् सदस्य बाहेकका ३८१…