कोशी प्रदेशले स-साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की

मोरङ - मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने बताएका छन्। मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्दै उनले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने बताए । उनले भने, ‘कम बजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना प्रदेश सरकारबाट सञ्चालन हुँदा छिटो आर्थिक समृद्धि…