सुशासनको अभियानबाट विश्राम लिनेवाला छैन : गृहमन्त्री श्रेष्ठ

काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियान असफल बनाउने प्रयासहरू भइरहेका बताएका छन् । आज बिहीबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको ३३औं वार्षिक साधारणसभा कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सरकारले चलाएको सुशासन र भ्रष्टाचारविरोधी गतिविधिलाई असफल बनाउने प्रयास भइरहेको बताए । ‘यो सुशासनको विरुद्ध सञ्चालन गरिएको हो । ती प्रवृत्ति र तागतहरू संगठित…