प्रधानमन्त्रीकी छोरीबारे संसद्‌मा प्रश्न : कहाँबाट पाउँछ हरेक बैठकमा बस्ने अधिकार ?

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले राज्यका हरेक बैठकमा बस्ने गरेकोप्रति प्रतिनिधिसभा बैठकमा प्रश्न उठेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रचण्डकी छोरी गंगा राज्यको कुन हैसियतमा बैठकमा बस्ने गरेको भन्दै प्रश्न गरेका छन् । उनले सोधे, ‘जनताको तन्त्र हो गणतन्त्र तर नेताको शासन कसरी…