दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा चुनाव चिह्न अंकित झण्डा जलाएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । बिहीबार राति करीब साढे ९ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिलाई स्वागत गर्न भेला भएको भीडका क्रममा केही अपरिचित व्यक्तिहरूले नेकपा एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको…