काठमाण्डु - नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ–६ का उम्मेदवार शेखर कोइरालाले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि आफूले ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन्। कांग्रेस विराटनगर वडा नं. ६ द्वारा आयोजित चुनावी सभामा बोल्दै कोइरालाले सुकुम्बासी बस्तीका समस्या समाधानलाई आफ्नो प्राथमिकतामा राखेको स्पष्ट पारे। उनले आफूले सुकुम्बासी आयोगका सदस्यसँग प्रारम्भिक छलफल गरिसकेको जानकारी दिँदै छिट्टै आयोगका…