कोशी प्रदेश सरकार : हिक्मत कार्कीले आजै मुख्यमन्त्रीको पद सम्हाल्ने

काठमाण्डु - सर्वोच्च अदालतको आदेशअनुसार कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा पुनर्वहाली भएका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै जिम्मेवारी सम्हाल्ने भएका छन् । सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असार २१ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । सर्वोच्च अदालतको बिहीबारको फैसलाले…