काठमाण्डु- सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३ र ८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस हुने शुक्रबारको संयुक्त बैठकको तयारी पूरा गरेको छ । सिंहदरबारस्थित नयाँ र निर्माणाधीन संसद् भवनमा हाल प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा शुक्रबार दिउँसो ४ बजे संयुक्त बैठक राखिएको छ । सोही बैठकमा प्रतिनिधिसभा निर्वाचनपछिको नयाँ सरकारका…