काठमाण्डु – भारतमा प्रहरीसँगको दोहोरो भिडन्तमा परी ३ माओवादी विद्रोही लडाकू महिलाको मृत्यु भएको छ । भारतको मध्य प्रदेशको बालाघाट जिल्लामा बुधवार प्रहरीसँग भएको मुठभेडमा परी ३ जना महिला माओवादी लडाकू मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु भएका विद्रोही लडाकूको शव प्रहरीले बरामद गरेको छ । भिडन्तमा धेरै माओवादी लडाकू घाइते भएका जनाइएको छ…