जनकपुरमा आजदेखि साहित्य महोत्सव हुँदै

काठमाण्डु- ‘धरातल, संस्कृति र संस्कारको उत्सव’ थिमका साथ बिहीबारदेखि तीन दिवसीय जनकपुर साहित्य महोत्सवको छैटौं संस्करण जनकपुरधाममा सुरु हुँदैछ । नवमिथिला फाउन्डेसनको आयोजनामा शनिबारसम्म चल्ने महोत्सवमा साहित्यिक विमर्श, सामाजिक, आर्थिक र राजनीतिक बहसका विषय समेटिने छन् । मिथिला सभ्यता र संस्कृतिको धरोहर जनकपुरधामलाई विचार, बहस र साहित्यिक उत्सवको केन्द्रबिन्दु बनाउने उद्देश्यले साहित्य उत्सव गर्ने लागिएको…