सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु

काठमाण्डु – चितवन र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–३ लायन्सचोक आलुमण्डीस्थित सडकमा आनन्दमार्गबाट लाचोकतर्फ आउँदै गरेको बा९२प ३१३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक भरतपुर महानगरपालिका–४ बस्ने २१ वर्षीय अनिष कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा…