तनहुँ- बडादसैँलाई लक्षित गरी तनहुँमा गरिएको बजार अनुगमनका क्रममा रु तीन लाखभन्दा बढीको सामान नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तनहुँका प्रमुख ज्योति आचार्यले कार्य क्षेत्रका पाँच जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन गर्दा सो परिणाममा अखाद्य सामान नष्ट गरिएको जानकारी दिए । तनहुँ, लमजुङ, नवलपरासी, गोरखा र मनाङमा असोज पहिलो सातादेखि…