काठमाण्डु- दिगो विकास, सामाजिक समावेशिता तथा परिवारको सशक्त भूमिकालाई केन्द्रमा राख्दै आज विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यस अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल आयोजना गरिएको छ। राष्ट्रसङ्घले सन् १९८० को दशकदेखि परिवारसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राख्न थालेको…