काठमाण्डु- आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड र अमेरिकाबीच जारी खेल वर्षाका कारण रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा अमेरिका २६.४ ओभरमा ४ विकेट गुमाउँदै १६० रन बनाएको अवस्थामा वर्षाले खेल अवरुद्ध भएको हो। अमेरिकाका लागि स्मित पटेलले उत्कृष्ट ब्याटिङ गर्दै ७२ रन बनाए भने कप्तान मोनाङ्क पटेलले १२ रनको योगदान दिए।…