संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन स्थगित

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा गर्ने भनेको सम्बोधन स्थगित भएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले शुक्रबार संसद्‌मा गर्ने भनेको सम्बोधन स्थगित भएको हो । विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसमेत संसद्‌मा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो । ‘प्रधानमन्त्री संसद्‌मा बोल्दा सामान्यतया विपक्षी दलसहित सबै प्रमुख दलका नेताहरू…