काठमाण्डु – पहिरोले क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रलाई मर्मत गरेपछि बिजुली उत्पादन सुरु भएको छ । ४५६ मेगावाटको तामाकोशीमा गत असोज ११ र १२ गतेको वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएपछि विद्युत् उत्पादन रोकिएको थियो । क्षतिग्रस्त संरचनाको आंशिक मर्मत गरी ८८ दिनपछि मंगलबार साँझबाट पुनः विद्युत् उत्पादन सुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको…