जनकपुर – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बीआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिने बताएका छन् । जनकपुरधाम विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग उनले बीआरआईका विषयमा राष्ट्रिय छलफल र बहस गरी साझा धारणा बनाउनुपर्नेमा जोड दिए । ‘आयोजना अनुदानमा दिइयो भने ठीक छ तर ऋणका रूपमा लिनु हुँदैन । यसमा हामीले आफ्नो कुरा राखिरहेकै छौं,’ निधिले…