जलेश्वर महोत्तरी- महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार शुक्रबार साँझ ५ः०० बजेतिर आफ्नै घर छेउमा खेल्दाखेल्दै अचानक हराएका स्थानीय रोहीत यादवका तीन वर्षीय छोरा मनिकेश यादवको शव सोही ठाउँमा रहेको पोखरीमा फेला…