चन्द्रागिरीबाट १५ हजार क्याप्सुल ट्रामाडोलसहित २ जना पक्राउ

काठमाण्डु– काठमाण्डुबाट सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणमा लागूऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डाबाट कीर्तिपुर नगरपालिका–९ पागादोबाटो निवासी ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट स्थायी घर भई हाल चन्द्रागिरी नगरपालिका–४ नैकाप बस्ने २४ वर्षीया सुमित्रा राईलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाको आधारमा सञ्चालन गरेको…