काठमाण्डु - सङ्घीय संसद्को दुवै सदनको बैठक आइतबार बस्दैछ । सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । बैठकमा सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । शुक्रबार अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । प्रतिनिधिसभाको बैठकबाट सभामुख पदमा अर्याल…