त्रिवेणी – नवलपरासी (बर्दघाट–सुस्ता–पूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–४ स्थित जयश्री खोलाको भङ्गभङ्गे तालमा डुबेर १ जना बालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो गैँडाकोट–१ नवदुर्गा टोल निवासी मनिषा थापाकी ११ वर्षीया छोरी सजिना थापा पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएकी थिइन् । घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी नायब निरीक्षक नवीन कटुवालको…