डोल्पा - गएरातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा सञ्चालन नहुँदा जिल्लाको सञ्चार सेवा बिच्छेद भएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ लइटी डाँडामा रहेको रिपिटर टावरमा खराबी आएपछि गएरातिदेखि डोल्पाको सदरमुकाम दुनै र अन्य ठाउँको टेलिफोन सेवा अवरुद्ध भएको हो । यही टावरबाट डोल्पाका विभिन्न ठाउँमा रहेका टावरमा सञ्चार प्रवाह हुँदै आएको थियो । सदरमुकाम दुनैबाट…