टोर्नाडो प्रभावितका घर बनाउन सेनालाई साढे ८४ करोड निकासा

काठमाडौं– सरकारले गत चैत १७ गते बारा र पर्सामा आएको टोर्नाडो नामक हावाहुरीले भत्काएका घर निर्माणका लागि नेपाली सेनालाई रकम निकासा गरेको छ। १० वैशाखको मन्त्रिपरिषद् बैठकले १४ सय ५३ वटा घर निर्माणका लागि ८४ करोड ६८ लाख रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार…