काठमाडौं - कञ्चनपुरबाट प्रहरीले अठार किलो सुन बरामद गरेको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले अठार किलो सुन बरामद गरेको हो । विशेष सुराकीका आधारमा काठमाडौंबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), अपराध महाशाखा, जिप्रका कैलाली र कंचनपुर तथा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले बिहीबार बिहान खानतलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा उक्त्त परिमाणको…