संसद् नियमावलीको २५९ मा के छ ? किन गरे श्रम संस्कृति र राप्रपाले विरोध ?

काठमाण्डू– भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोग लागे पनि सांसद् निलम्बन नहुने प्रतिनिधिसभा नियमावलीको व्यवस्थाप्रति विपक्षी श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आपत्ति जनाएको छ । सोमबार प्रतिनिधिसभामा बोल्दै ती दुई दलका सांसदले सत्तारुढ दल रास्वपाको बोलवाला रहेको नियमावली मस्यौदा समितिद्वारा प्रस्तावित नियमावलीको व्यवस्थाले सांसद र आमनागरिकका हकमा फरक कानून आकर्षित हुने भन्दै…