– उदय सिंह श्रेष्ठ नेपालगन्ज – बाँके जिल्ला लगायत आसपासका जिल्लाहरुमा भारतीय अखाद्य खाने तेलको बिगबिगी हुँदा पनि सरोकारवाला निकाय सबै अहिलेसम्म मौन बसेको देखिएको छ । नेपालगन्ज नजिकको बोर्डर भारतको रुपैडिहा बजारमा बिक्री वितरणमा राखिएको अखाद्य मानिएको खाने तेलको विषयमा रुपैडिहा निवासी अधिकांश बुद्धिजीवीहरुले नेपालमा उत्पादित खाने तेल नै प्रयोग गर्ने र स्थानिय बजारमा…