काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर मौसम सामान्यदेखि पूर्ण बदली रहने सूचना जारी गरेको छ । महाशाखाले बुधबार जारी गरेको सुचनाअनुसार पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्याङ्ग तथा हुरी बताससहित हल्का देखि मध्यम वर्षा –असिना पानीको सम्भावना रहेको छ । यस्तै तराईका स्थानहरुमा हुरीबतासको सम्भावना रहनुका साथै…