गृहमन्त्री थापा अष्ट्रिया प्रस्थान

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा ६ दिने भ्रमणका लागि अष्ट्रिया प्रस्थान गरेका छन् । मन्त्री थापा अष्ट्रियाको भियानामा हुने संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी) को ६२ औँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार बेलुका त्यसतर्फ गएका हुन् । उक्त बैठकले संयुक्त राष्ट्रसङ्घको लागुऔषध नियन्त्रणसम्बन्धी सन्धि र अभिसन्धिको कार्यान्वयनको…