पानी जहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– देशमा रेलभन्दा पहिलो पानिजहाज आउंछ

ललितपुर – सरकारले ललितपुरको एकान्तकुनामा पानी जहाज कार्यालय स्थापना गरेको छ । प्रधानमन्त्री केपी ओलीले बिहीबार पानी जहाज कार्यालयको उद्घघाटन गरेका हुन् । एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नेछन् । कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको…