काठमाडौं - नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रवार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो। चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्कमात् गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुप¥यो। काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण ग¥यो? सबैको अनुमान प्राविधिक समस्या भएर होला। तर होइन, दुबईबाट त्यही…